• सोमबार, १५ भदौ २०८३
  • images

    डेंगु उपचारका लागि छुट्टै अस्पतालको माग

    डेंगु उपचारका लागि छुट्टै अस्पतालको माग

    हेल्दीखबर
    मंगलबार, भदौ १२ २०८०
    हेल्दीखबर
    मंगलबार, भदौ १२ २०८०
    डेंगु उपचारका लागि छुट्टै अस्पतालको माग

    काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले डेंगु संक्रमितलाई विशेष सेवा प्रवाह गर्न सरकारसँग माग गर्नुृभएको छ । 
     प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद कार्कीले डेंगु रोग संक्रमितको समुचित प्रबन्ध गर्नका निमित्त, जटिल अवस्थामा पुगेका बिरामीहरुलाई विशेष अस्पतालको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभएको हो । 
    सांसद कार्कीले डेंगु रोग देशको सर्वत्र भागमा फैलिरहेको र यसले नेपालीलाई आतंकित बनाइरहेको पनि उल्लेख गरे। सांसद कार्कीले आफ्नो गृहजिल्ला सुनसरीमा यसले विकाराल अवस्था बनाएकाले सरकारलाई थप संवेदनशील हुन आग्रह गर्नुभयो ।  
    ‘डेंगीले सुनसरी आतंकित भएको छ, अस्पताल जाने ७० प्रतिशतहरु डेंगु रोगले संक्रमित भएका छन्,’ सांसद कार्कीले भन्नुभयो,डेंगु उपचारका लागि छुट्टै अस्पतालको व्यवस्था हुनुपर्दछ ।”

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार