काठमाडौं,९ भदौ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाले आवेदन दिएका छन्।
आवेदन दिएकामध्ये एक जनाको अनुभवको अवधि नुपेगपछि नाम सिफारिस समितले ती उम्मेदवारको दरखास्त अस्वीकृत गरेको छ।
उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस समितिले आह्वान गरेको समयभित्र १० जानले आवेदन दिएका हुन्।
उपाध्यक्ष पदका लागि प्राडा संगिता सिंह भण्डारी, प्राडा सुमन कुमार श्रेष्ठ, डा प्रविण मिश्र, प्राडा पियुस दाहाल, प्राडा विधान निधि पौडेल, प्राडा श्रीकृष्ण गिरी, डा प्रमोदकुमार यादव, डा अञ्जनीकुमार झा, प्राडा मनेनप्रसाद गोर्खाली र डा विरेन्द्रप्रसाद यादवको आवेदन परेको छ। आवेदन परेकोमध्य डा. श्रीकृष्ण गिरी अहिलेपनि आयोगको कार्यकारी उपाध्यक्ष हुनुहुन्छ ।
आवेदन दिएकामध्ये डा वीरेन्द्रप्रसाद यादवको दरखास्त भने अस्वीकृत भएको छ। उनको अनुभवको अवधि गणना गर्दा २० वर्ष नपुगेको भन्दै आवेदन अस्वीकृत गरेको समितिले जनाएको छ।

समितिले गत २६ साउनमा उपाध्यक्षका लागि सूचना प्रकाशित गर्दै योग्यता पुगेकाहरुलाई दरखास्त दिन आव्हान गरेको थियो। १५ दिनको समय दिएर आह्वान गरिएको आवेदनको अन्तिम दिन शुक्रबारसम्म १० जानले आवेदन दिएका हुन्।