• सोमबार, १५ भदौ २०८३
  • images

    नेपालगन्जमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत उपचार सुरु

    नेपालगन्जमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत उपचार सुरु

    हेल्दीखबर
    बुधबार, साउन ३१ २०८०
    हेल्दीखबर
    बुधबार, साउन ३१ २०८०
    नेपालगन्जमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत उपचार सुरु

    नेपालगन्ज, ३१ साउन । नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला रोगसम्बन्धी विशिष्टीकृत सेवा  सुरु भएको छ । 

    यसअघि सो अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरू मिर्गौला रोगको उपचारका लागि काठमाडौँ तथा भारतका जाने गरेका थिए । 

    अस्पतालमा मिर्गौलाको विशिष्टीकृत सेवा सुरु भएपछि बिरामीहरूले सहज रुपमै सेवा पाउन थालेका छन् ।
     
    डिएम नेफ्रोलोजिष्ट डा. सौरभ हमाल भेरी अस्पतालमा सरुवा भएर आएपछि मिर्गौला रोग सम्बन्धी विशिष्टीकृत सेवा सुरु गरिएको हो।

     भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहले नेफ्रोलोजिष्ट डा हमालले सेवा दिन थालेपछि मिर्गौला रोगको उपचार हुन थालेको बताउनुभयो।
    उहले अस्पतालले विशिष्टीकृत सेवा बिस्तार गर्ने क्रममा मिर्गौला उपचार पनि बिस्तार गरिएको जानकारी दिनुभयो।
     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार