• बिहीबार , ५ कात्तिक २०८३
  • images

    मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सञ्चालन गरिने, तीन समिति गठन

    मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सञ्चालन गरिने, तीन समिति गठन

    हेल्दीखबर
    बुधबार, साउन २४ २०८०
    हेल्दीखबर
    बुधबार, साउन २४ २०८०
    मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सञ्चालन गरिने, तीन समिति गठन

    काठमाडौँ, २४ साउन । सरकारले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ। 
    अभियानका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको थियो।

    प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, विभागीय प्रमुख तथा अन्य सम्बद्ध निकायका प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले अभियान कार्यक्रम सञ्चालनका लागि तीन वटा समिति गठन गरेको हो।

    images

    प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार मानसिक स्वास्थ्य राष्ट्रिय अभियान कार्यक्रमको संयोजन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समन्वय गर्ने गरी विभिन्न विषयगत मन्त्रालयसहितको नीतिगत मार्गदर्शन र निकायगत समन्वयका लागि प्रधानमन्त्री कार्यालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा अनुगमन तथा सहजीकरण समिति, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखको अध्यक्षतामा द्रुत कार्य समूह तथा प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्टको अध्यक्षतामा प्रचार प्रसार समिति गठन भएको छ।

    प्रधानमन्त्री कार्यालयद्धारा जारी विज्ञप्तीमा विश्वव्यापी रूपमा बढ्दो तनाव, बेरोजगारी, रोगको महामारी जस्ता कृयाकलापले जनताको मानसिक स्वास्थ्यलाई असर गरिरहेकोले त्यस सम्बन्धी कानुन एवम् नीतिमा सुधार गरी सरोकारवाला निकायहरूको साझा प्रयासमार्फत मानसिक रोग बारे जनचेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य राष्ट्रिय अभियान सफलतापूर्वक सञ्चालन गर्न यो अभियानलाई अघि बढाउन लागिएको उल्लेख छ । उसले अभियानलाई अघि बढाउन साथ र सहयोगको लागि सबै सरोकारवाला निकाय तथा आम सर्वसाधरणसंग अपिल समेत गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    थप समाचार