• सोमबार, १५ भदौ २०८३
  • images

    राष्ट्रिय परीक्षा बोडद्दारा कक्षा १२ को परीक्षा स्थगित 

    राष्ट्रिय परीक्षा बोडद्दारा कक्षा १२ को परीक्षा स्थगित 

    शनिबार, साउन २३ २०७८
    शनिबार, साउन २३ २०७८
    राष्ट्रिय परीक्षा बोडद्दारा कक्षा १२ को परीक्षा स्थगित 


    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले कोरोना संक्रमणको दर बढ्दै गएकाले परीक्षा स्थगित गर्नुपरेको बताउनुभयो ।  परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको थपलियाले जानकारी दिनुभयो । केही दिनअघि स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए भौतिक रुपमा परीक्षा नगरी आन्तरिक मूल्याङकनबाट गर्न गर्न सकिने बताउनुभएको थियो । विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थीलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार