लामो समयदेखि सम्पर्कविहीन
काठमाडौँ, १४ असार । प्राविधिक सशस्त्र प्रहरी निरीक्षक डा.सुन्दर चापागाई लामो समयसम्म कार्यालयमा अनुपस्थित रहेको भन्दै गृह मन्त्रालयले सूचना जारी गरेको छ ।
स्याङ्जाका स्थायी बासिन्दा चापागाई जेठ १ गतेदेखि बिदा स्वीकृत नगराई विना सूचना अनुपस्थित रही सम्पर्क स्थापित गर्न नसकिएको तथा पदीय जिम्मेवारी र आचरणविपरीतको कार्य कार्य गरेको भन्दै ७ दिनभित्र कारण सहित सफाई पेश गर्न सूचना प्रकाशित गरेको छ ।
भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गर्न लागिएको व्यहोरा पनि उक्त सूचनामा उल्लेख छ।
हेरौँ सूचनाः
