बझाङ, ५ असार । बझाङमा सुदुरपश्चिम सरकारका मन्त्री चढेको गाडी दुर्घटनामा परेको छ । सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सो दुर्घटना भएको हो।
मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो । दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते हुनुभएको छ । बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।