• बिहीबार , ५ कात्तिक २०८३
  • images

    नर्सको लाइसेन्स परीक्षा असार २३ र २५ गते हुने

    नर्सको लाइसेन्स परीक्षा असार २३ र २५ गते हुने

    असार ११ सम्म आवेदन दिन सकिने

    हेल्दीखबर
    शनिबार, जेठ १३ २०८०
    हेल्दीखबर
    शनिबार, जेठ १३ २०८०
    नर्सको लाइसेन्स परीक्षा असार २३ र २५ गते हुने

     

    काठमाडौँ, १३ जेठ । नेपाल नर्सिङ परिषदले २०८० को वार्षिक क्यलेन्डर अनुसार नर्सको नामदर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा असार २३ र २५ गते हुने जानकारी दिएको छ ।

    images

     नर्सिङ परिषद्को क्यालेन्डर अनुसार  नर्स र मिडवाइफफ्रीको असार २३ र विशेषज्ञको असार २५ गते परीक्षा मिति तोकिएको हो ।

    आज सूचना प्रकाशित गर्दै काउन्सिलले परीक्षामा सामेल हुन अनलाइनमार्फत फारम भर्न सकिने जानकारी दिएको छ  । जेठ १४ देखि असार १४ गतेसम्म फारम भर्न सकिने परिषद्ले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

     


    परीक्षामा न्यूनतम प्रविणता प्रमाण पत्र वा बी एस्सी नर्सिङ  उतीर्ण भएकाहरु परीक्षामा सहभागी हुन पाउनेछन् । साथै मिडवाइफरीको हकमा ब्याचलर उतीर्ण भएकाहरु हुनपर्नेछ । विशेषज्ञ नाम दर्ता परीक्षामा सहभागी हुन नर्सिङमा स्नातकोत्तर गरेको हुनपर्नेछ ।

    हेरौँ सूचनाः  

    प्रतिक्रिया दिनुहोस
    थप समाचार