काठमाडौं,८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पुरुषको वीर्य र महिलाको डिम्ब दानका लागि केन्द्रीकृत तथ्यांक राख्ने प्रणालीको विकास हुनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुदै सांसद गौतमले उक्त माग राख्नुभएको हो।
बाझोपनको सवालमा अहिले कृत्रिम प्रणाली अपनाएर बच्चा जन्माउने प्रचलन बढिरहेको भन्दै यसको लागि एउटा केन्द्रीकृत तथ्यांक हुनुपर्ने बताउनुभयो। सांसद गौतमले ‘स्पर्म डोनेसन र एग डोनेसनका कुराहरू निकै संवेदनशील भएर आएको बताउनुभयो ।
एउटा केन्द्रीकृत तथ्यांक प्रणाली हुनुपर्ने उहाँको भनाइ छ।
सांसद गौतमले नेपालमा वीर्य र डिम्ब दानको अभ्यास बढिरहेको बताउँदै यसका लागि सरकारले आधिकारिक तथ्यांक राख्ने प्रणाली राख्नुपर्नेमा जोड दिनुभयो ।
के हो विर्यदान र बाझोपन?
पुरुष वा महिलामा हुने बाझोपन पुरुष वा महिला प्रजनन प्रणालीको एक रोग हो जसलाई नियमित असुरक्षित यौन सम्पर्क को १२ महिना वा सो भन्दा बढी समय पछि गर्भधारण हुन नसक्दा परिभाषित गरिन्छ ।
यो विधिमा एक महिलाले अन्य महिलाको बच्चा लाई जन्म दिन सघाउने उद्देश्यले आफ्नो डिम्ब दान गर्छ । यो असिस्टेड रिप्रोडक्सन ( सहायक प्रजनन ) को एउटा भाग हो । भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च को अनुसार डिम्ब दान एउटा गुमनाम प्रकृया हुनु पर्छ र डिम्ब को उपयोग गर्नु भन्दा अघि दाता लाई स्वास्थ्य खतरा नहोस् भनेर राम्ररी परीक्षण हुनु पर्छ ।
विर्यदान अन्तर्गत एउटा पुरुषले आफ्नो वीर्यलाई यो उद्देश्यले दान गर्छन् की यसको उपयोग गर्भावस्था लाई प्राप्त गर्न र एक महिलालाई सन्तान प्राप्त गर्नलाई दान गर्न सकिन्छ, जो दाताको यौन साथी होइन र जसको सँग पुरुष शारीरिक रूपले सम्बन्धित हुदैनन् ।