• बिहीबार , ५ कात्तिक २०८३
  • images

    किशोरीहरुको डिम्ब कारोबार प्रकरणः स्वास्थ्य मन्त्रालयद्धारा छानविन समिति गठन

    किशोरीहरुको डिम्ब कारोबार प्रकरणः स्वास्थ्य मन्त्रालयद्धारा छानविन समिति गठन

    होप फर्टिलिटी क्लिनिकमा अनुगमन सुरु

    आइतबार, साउन ४ २०८२
    आइतबार, साउन ४ २०८२
    किशोरीहरुको डिम्ब कारोबार प्रकरणः स्वास्थ्य मन्त्रालयद्धारा छानविन समिति गठन

    काठमाडौँ, ४ साउन ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्ष मुनिका किशोरीहरुको डिम्बको अवैध कारोबार गरेको घटनाका विषयमा छानविन समिति गठन गरेको छ । 

     स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ज्वाला थापाको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । 

    images

    मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै छानविन समिति बनाएको हो ।

    सो समितिको सदस्यहरुमा मन्त्रालय नीति योजना तथा अनुगमन शाखाकी डा सुनिता लम्साल र मन्त्रालयकै कानून अधिकृत सुरेश चौलागाईँ सदस्य हुनुहुन्छ ।  समितिलाई अनुगमन गरेर प्रतिबेदन बुझाउन पाँच दिनको समय दिइएको छ।


    यसअघि प्रहरीले किशोरीको डिम्ब कारोबार गरेको आरोपमा प्रहरीले होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालिमा छापा मारेको थियो । प्रहरीले होप र्फिर्टलिटीबाट पाँच जनालाई नियन्त्रण लिएर छानवीन अघि बढाएको थियो । 
    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अहिले ती दुबै सेन्टरबाट ल्यापटप, कागजात, सिसिटीभी फुटेज लगायतका सबै सामग्री आफ्नो नियन्त्रणमा लिईसकेको छ ।

    ब्युरोको प्रारम्भिक अनुसन्धानमा होप फर्टिलिटीमा १८ वर्ष मुनिका किशोरीहरुलाई बोलाएर इन्जेक्सन लगाएर डिम्ब निकाल्ने गरेको र किशोरीहरुलाई १० हजार देखि १५ हजारसम्म रकम दिने गरेको देखिएको छ।

    पीडित किशोरीहरुले दिएको जानकारी अनुसार होपमा उनीहरुलाई १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको थियो। यसरी किशोरीहरुबाट निकालिएको डिम्ब विकास भइसकेपछि किशोरीको शरीरबाट डिम्ब निकालेर त्यसलाई सुरक्षित गरेर राख्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको ब्युरोले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार