काठमाडौँ, ५ वैशाख । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मङ्गलबार मात्र कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनदिन अघि पनि निरन्तर कोरोनाबाट दुई जनाको मृत्यु भएको थियो । गत असोज ७ गतेपछि नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या बढ्दै गएको छ ।
मन्त्रालयका अनुसार यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार ५५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।