• सोमबार, १५ भदौ २०८३
  • images
    प्रहरी, पत्रकार र चिकित्सकबीच अन्तरक्रिया

    कानुन आएको ६ वर्षमा पाँचजना व्रेनडेथ भएका व्यक्तिको अङ्ग प्रत्यारोपण

    कानुन आएको ६ वर्षमा पाँचजना व्रेनडेथ भएका व्यक्तिको अङ्ग प्रत्यारोपण

    १३ जना बिरामीलाई राहत

    हेल्दीखबर
    आइतबार, चैत १९ २०७९
    हेल्दीखबर
    आइतबार, चैत १९ २०७९
    कानुन आएको ६ वर्षमा पाँचजना व्रेनडेथ भएका व्यक्तिको अङ्ग प्रत्यारोपण

    काठमाडौँ, १९ चैत । नेपालमा मस्तिष्क मृत्यु सम्बन्धि कानुन बनेको सात वर्ष पुग्यो । 
    तर मस्तिष्क मृत्यु भएका पाँचजना व्यक्तिबाट अन्य व्यक्तिलाई अङ्ग प्रत्यारोपण भएको छ । ती पाँचजना व्यक्तिबाट १३ जना बिरामीले अङ्ग प्रत्यारोपण गर्न पाएका छन् । पाँच जना व्यक्तिले १३ जनाको ज्यान बचाएका छन् । 
    १३ मध्ये १० जनामा मिर्गौला प्रत्यारोपण भएको छ भने ३ जनामा कलेजो प्रत्यारोपण भएको छ । 


    आइतबार स्वास्थ्य पत्रकार मञ्च र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त आयोजनामा भएको ‘मस्तिष्क मृत्युपछि अङ्गदानमा देखिएका कानुनी तथा व्यवहारिक जटिलता’ विषयक अन्र्तक्रिया कार्यक्रममा नेपालमा मस्तिष्क मृत्यु सम्बन्धि कानुन बनेपनि कानुन अनुसार कार्यान्वयनमा भने जटिल रहेको बताइएको छ । 
    (ब्रेनडेथ)सम्बन्धि कानुन बनेको छ वर्ष वितिसक्दा पनि पाँचजना मस्तिष्क मृत्यु भएका व्यक्तिबाट १३ जनाको अङ्ग प्रत्यारोपण हुनु अति न्यून रहेको औंल्याइयो । 
    । 
    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाले नेपालमा मस्तिष्कमृत्युबाट अङ्ग प्रत्यारोपण न्यून संख्यामा भएको बताउनुभयो । उहाँले सरकारले ब्रेनडेथमा ठूलो लगानी गरेको भन्दै व्यवहारिक जटिलताले गर्दा ब्रेनडेथ भएका व्यक्तिबाट अन्य व्यक्तिको अङ्ग प्रत्यारोपण हुन नसकेको बताउनुभयो । 


    उहाँले स्वास्थ्य मन्त्रालयले अङ्गदानलाई प्रोत्साहन गरिरहेको भन्दै सरोकारवाला निकायबीच समन्वयको अभाव रहेको बताउनुभयो । डा.देवकोटाले अस्पताल, प्रहरी, बिरामीका आफन्त र समन्वय इकाइबीच सहकार्य भएमा ब्रेनडेथबाट हुने अङ्गदान थप हुने बताउनुभयो । 
    शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नेपालमा मस्तिष्क मृत्यु सम्बन्धि कानून आए पनि कार्यान्वयनमा कठिनायी रहेको बताउनुभयो । नेपाल प्रहरी , ब्रेनडेथ भएको अस्पताल र अंग प्रत्यारोपण समन्वय इकाइबीच समन्वय हुनुपर्ने बताउनुभयो । 
    ब्रेनडेथ भएका अस्पतालहरुले खबर नगरिदिदा समस्या भएको उहाँको भनाई छ । 

    वरिष्ठ न्यूरोरोग विशेषज्ञ डा.वसन्त पन्तले मस्तिष्क मृत्यु बारे सञ्चारमाध्यामले जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । उहाँले ब्रेनडेथ भएका व्यक्तिको आफन्तलाई बुझाउनु, आफन्तलाई बुझाइसकेपछि प्रहरी र डाक्टरलाई समेत बुझाउनुपर्ने अवस्था रहेको बताउनुभयो । 
     
    वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कल्पना कुमारी श्रेष्ठले अङ्ग प्रत्यारोपण गर्न कानूनी बाधा अड्चन नभएपनि व्यवहारिक रुपमा बाधा भइरहेको बताउनुभयो । उहाँले हालसम्म मस्तिष्क मृत्यु भएका ३५ जना व्यक्तिको विभिन्न अस्पतालबाट खबर आएपनि पाँचजनाको मात्रै प्रत्यारोपण गर्न सकिएको बताउनुभयो । 
    पश्चिमा मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्क मृत्यु भएपछि हुने अङ्गदानबाट गरिन्छ । 


    त्रिवि शिक्षण अस्पताल पूर्व फरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीले फरेन्सिक विभागमा काम गर्ने व्यक्तिले ब्रेनडेथ सम्बन्धि कानुन जानेकै हुनुपर्ने बताउनुभयो । 


    ललितपुर प्रहरी प्रमुख सिद्दिबहादुर शाहीले नेपाल प्रहरीलाई मस्तिष्क मृत्यु सम्बन्धि ऐनबारे  जानकारी गराउनुपर्ने बताउनुभयो । 


    राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा रुद्र मरासिनीले मस्तिष्क मृत्युपछि हुने अङ्गदानबारे समन्वयम इकाइलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


    कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण विभाग प्रमुख डा.पवन चालिसेले नेपालमा मस्तिष्क मृत्यु र मृत्युपछि हुने अंगदानबारे जनचेतना फैलाउनुपर्ने बताउनुभयो । 


    कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपण गर्न बहुपक्षीय समन्वय हुनुपर्ने भन्दै समन्वयको अभावमा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्रत्यारोपण ह्ुन नसकेको बताउनुभयो । ऐन ल्याउनका लागि पनि पत्रकारहरुले सञ्चारमाध्याम मार्फत ठूलो योगदान गरेको चर्चा गर्दै अब कार्यान्वयनमा पनि  पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनुभयो । उहाँले मञ्चले व्रेनडेथ सम्बन्धि कार्यक्रमको सुरुवात गरेको भन्दै यसलाई निरन्तरता दिने बताउनुभयो । 


    स्वास्थ्य पत्रकार मञ्चका सल्लाहकार जगन्नाथ ढकालले प्रहरी, अस्पताल, बिरामीका आफन्त मिलेमात्र ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने बताउनुभयो । 


    मञ्चकी महासचिव सञ्जिता खनालले ब्रेनडेथबारे पत्रकारहरुले कलम चलाएमा ब्रेनडेथ भएका व्यक्तिबाट अन्य बिरामीमा अंग प्रत्यारोपण हुनसक्ने बताउनुभयो । 


    मञ्चकी सचिव कमला गुरुङले कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । 
    कार्यक्रममा नेपाल प्रहरीका पदाधिकारीहरु, नेपाल प्रहरीका मुद्धा फाँटका अधिकृत, पत्रकार, विभिन्न अस्पतालका निर्देशकहरु, फरेन्सिक विभागका प्रमुखहरुको उपस्थिति रहेको थियो । 

    IMG-20230402-WA0009.jpgIMG-20230402-WA0005.jpgIMG-20230402-WA0015.jpgIMG-20230402-WA0019.jpgIMG-20230402-WA0006.jpgreceived_764355495044579.jpegreceived_761473295657201.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार