• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    सरकारी अस्पतालका डाक्टरको नाम निजी क्लिनिकमा नराख्न निर्देशन 

    सरकारी अस्पतालका डाक्टरको नाम निजी क्लिनिकमा नराख्न निर्देशन 

    हेल्दीखबर
    बिहीबार , चैत १६ २०७९
    हेल्दीखबर
    बिहीबार , चैत १६ २०७९
    सरकारी अस्पतालका डाक्टरको नाम निजी क्लिनिकमा नराख्न निर्देशन 

    काठमाडौं, १६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी चिकित्सकहरुलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ।
     बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले  निजी क्लिनिकमा नाम राखे  प्रचलित कानून बमोजिम कारवाही हुने समेत चेतावनी दिएको छ।

    मन्त्रालयले आफ्ना मातहतका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुमध्ये केहीको नाम निजी क्लिनिकमा प्रयोग भइरहेको भन्ने गुनासो आएको भन्दै यस्तो निर्देशन दिएको हो।

    images

    मन्त्रालयले क्लिनिकहरुमा यसरी नाम राख्नु नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६,तथा नियावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम २२ विरुद्ध हुने उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार