• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    काठमाडौं उपत्यकामा ५८७ संक्रमित थपिए

    काठमाडौं उपत्यकामा ५८७ संक्रमित थपिए

    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    हेल्दीखबर
    मंगलबार, असार २९ २०७८
    काठमाडौं उपत्यकामा ५८७ संक्रमित थपिए


    काठमाडौं, २९ असार  । काठमाडौँ उपत्यकामा पछिल्लो समय ५८७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१०, ललितपुरमा ९७ तथा भक्तपुरमा ८० जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँमा  पाँचहजार ४६४, ललितपुरमा एक हजार २७१ र भक्तपुरमा एकहजार १४ जना सकृय सङ्क्रमित रहेका छन् । ज देशभर थप २ हजार ३९८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो  संख्या हिजोको भन्दा ८ ले बढी हो । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०५८ पीसीआर र ३९५४ जनाको एन्टीजेन गरी ११ हजार १२ जनाको परीक्षण भएको थियो  जसमा २३९८ जनामा पोजेटिभ देखिएको हो । 

    यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ संक्रमितको मृत्यु भएको छ । 

    images

    नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ३ हजार ८५६  पुगेको छ । जसमध्ये ६ लाख २३ हजार १०५  हजार जना निको भएका छन् भने ९ हजार ४१२ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार २६१  जना रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार