• सोमबार, १५ भदौ २०८३
  • images

    अनेरास्ववियुलाई जिताएको भन्दै  नर्स  रिंकु साहलाई  ५१ किलोको मालाले सम्मान 

    अनेरास्ववियुलाई जिताएको भन्दै  नर्स  रिंकु साहलाई  ५१ किलोको मालाले सम्मान 

    हेल्दीखबर
    मंगलबार, चैत १४ २०७९
    हेल्दीखबर
    मंगलबार, चैत १४ २०७९
    अनेरास्ववियुलाई जिताएको भन्दै  नर्स  रिंकु साहलाई  ५१ किलोको मालाले सम्मान 

     

    वीरगन्ज, १४ चैत । वीरगन्ज नर्सिङ क्याम्पसका  स्ववियु चुनावमा अनेरास्ववियुलाई जिताउन महत्त्वपूर्ण योगदान गरेको भन्दै नर्स रिंकु साहलाई ५१ किलोको मालाले सम्मान गरिएको छ।

     निर्वाचन हुनुअघि एमाले पर्सा जिल्ला अध्यक्ष लगायतको कमिटीले एमाले निकट  अनेरास्ववियुलाई विजयी गराएमा ५१ किलोको मालाले सम्मान गर्ने घोषणा गरेको थियो।

     अनेरास्ववियु पर्सा जिल्ला कमिटीले साह सहितको निर्वाचित कमिटीलाई  ५१ किलोको मालाले सम्मान गरेको हो।
    नर्स साह र स्ववियु सभापति चौधरीको टिमलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रभु हजारा र नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले माला लगाएर सम्मान गर्नुभएको थियो।

    वीरगन्ज नर्सिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु नेतृत्वले जित हासिल गरेको छ। ५ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका स्ववियु सभापतिमा मनीषा चौधरी ९१ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी यामिनी खड्काले ६० मत पाउनुभएको थियो।

    1679977414838.jpg

    सचिवमा पनि अनेरास्ववियुकै सृष्टि तिमिल्सिना र कोषाध्यक्षमा अर्चना गुप्ता विजयी हुनुभएको थियो।
     त्यस्तै, सदस्यमा अनेरास्ववियुकै विवेक रनावत र मुन्ना श्रेष्ठ तथा नेविसंघकी स्मृति थापा विजयी हुनुभएको थियो।

    समानुपातिक सदस्यमा अनेरास्ववियुकै सदीक्षा शाही, दीपशिखा केसी र शिक्षा खनाल चयन हुनुभएको छ।
     पटक - पटक अनेरास्ववियुले जित हासिल गरेको बिरगंज नर्सिङ क्याम्पसमा  यसअघिको  स्ववियु निर्वाचनमा भने नेपाल विद्यार्थी संघ प्यानलसहित विजयी भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार