• बिहीबार , ५ कात्तिक २०८३
  • images

    प्रधानमन्त्री दाहाल र डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा सिंहबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा सिंहबीच भेटवार्ता

    हेल्दीखबर
    सोमबार, फागुन २९ २०७९
    हेल्दीखबर
    सोमबार, फागुन २९ २०७९
    प्रधानमन्त्री दाहाल र डब्लुएचओ दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा सिंहबीच भेटवार्ता


    काठमाडौं, २९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच भेटवार्ता भएको छ । 

    काठमाडौंमा सोमबारबाट सुरु भएको क्षयरोग सम्बन्धी तीन दिने क्षेत्रीय गोष्ठीमा सहभागी हुन नेपाल आउनुभएकी सिंहले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गर्नुभएको हो । 

    images


    भेटका क्रममा प्रधानमन्त्री दाहालले डब्लुएचओका तर्फबाट भइरहेको सहयोगको प्रशंसा गर्दै साझेदारीलाई थप सुदृढ बनाउने धारणा राख्नुभएको थियो । 

    डा सिंहले जनस्वास्थ्यका क्षेत्रमा नेपालले उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार