• मंगलबार, ३ कात्तिक २०८३
  • images

    स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता

    स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता

    हेल्दीखबर
    शुक्रबार, माघ २० २०७९
    हेल्दीखबर
    शुक्रबार, माघ २० २०७९
    स्वास्थ्यमन्त्री गिरी र बेलायतकी राजदुत पोलिट्टबीच भेटवार्ता

    काठमाडौं,२० माघ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदुत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ।

    भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन्। कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ। विपदको घडीमा हाम्रो ऐतिहासिक सम्बन्ध भएको मित्र राष्ट्रबाट प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दछौं’, मन्त्री गिरीले भने।

    images

    मन्त्री गिरीले बेलायत सरकारको सहयोगमा भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्य सञ्चालन भइरहेको बताउँदै यो सहयोगबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक भौतिक पूर्वाधार तयारी र नेपाली प्राविधिक जनशक्तिहरुको क्षमता अभिवृद्धि गर्न अतुलनीय योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा नेपालको संघीय, प्रादेशिक र स्थानीय तहमार्फत प्रदान गरिने स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना(एनएचएस–एपी) कार्यान्वयन गर्नका लागि आर्थिक एवम् प्राविधिक सहायता निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गरे।

    राजदुत निकोलाले वर्षौदेखि स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने बताइन्। उनले भक्तपुर अस्पताल र पश्चिमाञ्चल अस्पताल पोखरामा अस्पताल भवनको रेट्रोफिटिङ कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन्। उनले २०२६ सम्ममा नेपाल विकसित देशका रुपमा अगाडि बढ्न सहयोग गर्ने वातावरण बनाउन बेलायतले नयाँ–नयाँ कार्यक्रम ल्याउने जानकारी दिइन्। उनले स्वास्थ्य सेवामा भइआएका पुराना सहयोगलाई निरन्तरता दिने बताइन्। मन्त्री गिरीले राज्दुत निकोलाले भनेका कुरालाई आफ्नो तहसम्म सकेसम्म पुरा गर्ने वचनबद्धता व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार