सिन्धुली, २८ फागुन । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौँतर्फ जादै गरेको बस मध्यपहाडी राजमार्गमा दुर्घटना हुँदा म ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा २९ जना घाइते भएका छन् ।
ओखढुंगाको रुम्जाटारबाट छुटेको बा२ख ६५९६ नम्बरको बस मध्यपहाडी राजमार्गस्थित सिन्धुलीको फिक्कल गाँउपालिका ४ कुइभिर भन्ने स्थानमा दुर्घटना भएको थियोे । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जिवी दाहाललेदुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । दाहालले राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घटना हुँदा २ महिला, १ बालिका र तीन जना पुरुषको मृत्यु भएको बताउनुभयो ।
मृतकको सनाखत हुन बाकी रहेको छ ।
घाइतेमध्ये २२ जना खुर्कोटस्थित शुभजिवन अस्पताल तथा खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । ६ जनालाई दुर्घटनास्थलबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
बसका चालक सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।
बस भित्तामा ठोक्किएकाले बसको देब्रे साइडका यात्रुको मृत्यु भएको छ।
भित्तामा बस ठोक्किएर यात्रु च्यापिएपछि फिक्कल गाँउपालिकाको जेसीभी मेसिनले बस तानेर मृतकका शब तथा घाइतेलाई निकालिएको थियो ।
घटनाको थप विवरण आउन बाकी रहेको र पारम्भिक जानकारी अनुसार बस आफै अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।