काठमाडौं, २९ काठमाडौं । सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालको अध्यक्षमा डा अमिरबाबु श्रेष्ठ निर्वाचित हुनुभएको छ।
सोसाइटीको शनिबार भएको निर्वाचनमा डा श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो। सोसाइटीको प्रेसिडेन्ट इलेक्टमा डा अनिल श्रेष्ठ, महासचिवमा डा बासुदेव पराजुली, सहसचिवमा डा सन्दिप भण्डारी, कोषाध्यक्षमा डा पुजा थापा र सहकोषाध्यक्षमा डा निनादिनी श्रेष्ठ निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरुमा डा तारा गुरुङ, डा अमित शर्मा भट्टराई, डा सुरज लामिछाने, डा रुपेश कुमार गामी र डा प्रकृती पोखरेल निर्वाचित हुनुभएको छ।