काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोनाको तेस्रो लहर सुरुभएदेखी १०० भन्दा बढी नर्स,चिकित्सक सहित अन्य कर्मचारी संक्रमित भएका छन् । अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले तेस्रो लरहको संक्रमण सुरु भएयता ३७ जना डाक्टर,२७ जना नर्स, १८ जना कर्मचारी र प्रशासन तर्फका अन्य १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको बताउनुभयो । अस्पतालमा एकसय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमीत भएपछि अस्पतालको स्वास्थ्य सेवामा समेत असर परेको बताउनुभयो । उहाँले एक सातामा ९० जना कोरोना संक्रमित गर्भवतीले उपचार सेवा लिएको जानकारी लिदै माघ ३ गते देखि ९ गतेसम्ममा कोरोना संक्रमण भएका गर्भवती उपचारका लागि कोभिड युनिटमा ९० जना भर्ना भएको बताउनुभयो । ती मध्ये ५४ जनाको कोरोनाको उपचारकै क्रममा प्रसूति गराइएको थियोे ।
प्रसूति गराइएका मध्ये २८ जना कोरोना संक्रमित महिलाको नर्मल डेलिभरी र २६ जनाको सिजरियन सेक्सन गरी प्रसूति गराइएको थियो।
हाल अस्पतालमा २६ जना कोरोना संक्रमित गर्भवती उपचारत छन् । १० जना गर्भवती कोरोना निको भएर घर फर्किएका छन्।