काठमाडौँ,१३ माघ । शुक्रबारदेखि सर्वोच्च अदालतभित्र हेल्थ डेस्क स्थापना गरिएको छ ।
वीर अस्पतालले सर्वोच्च अदालतका कर्मचारीलाई लक्षित गर्दै हेल्थ डेस्क स्थापना गरेको हो ।
शुक्रबार वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत र सर्वोच्च अदातलका मुख्य रजिष्ट्रार लाल बहादुर कुँवरले संयुक्त रुपमा हेल्थ डेस्कको उद्घाटन गर्नुभयो ।
वीर अस्पतालका निर्देशक डा.भुपेन्द्रकुमार बस्नेतले हेल्थ डेस्क आइतबार, मंगलबार र बिहिबार बिहान १० देखि २ बजेसम्म सञ्चालनमा रहने बताउनुभयो । उहाँले हेल्थ डेस्कका लागि आवश्यक चिकित्सक, नर्स तथा प्यारामेडिक्ससहितको जनशक्तिको व्यवस्थापन वीर अस्पतालले गरेको बताउनुभयो । वीर अस्पतालले सिंहदरबारमा पनि कर्मचारीका लागि हेल्थ डेस्क स्थापना गरेको छ । डा. बस्नेतले सर्वोच्च अदालतका कर्मचारीलाई लक्षित गर्दै अस्पतालको प्राविधिक सहयोगमा हेल्थ डेस्क स्थापना गरेको हो ।
