• सोमबार, १५ भदौ २०८३
  • images

    भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको निर्देशन

    भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको निर्देशन

    हेल्दीखबर
    बिहीबार , पुस २८ २०७९
    हेल्दीखबर
    बिहीबार , पुस २८ २०७९
    भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको निर्देशन

    काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले भारतीय कम्पनी मरिन बायोटेकबाट उत्पादित दुई कफ सिरप (खोकीका औषधि)लाई प्रयोग नगर्न निर्देशन दिएको छ। डब्लुएचओका अनुसार एम्ब्रोनल सिरप र डीओके(१ म्याक्स सिरप रोक लगाइएको हो। यी दुवै एउटा कम्पनीका उत्पादन हुन्। 

    डब्लुएओले बुधबार सचेत गराउँदै  मरिनबाट उपादित ती औषधिको गुणस्तर जाँचमा कमसल पाइएको जनाएको हो। डब्लुएचओले उक्त कफ सिरफको बिक्री रोक्न निर्देशन दिएको हो। उज्वेकिस्तानले ती कफ सिरवपको प्रयोगबाट १९ बालबालिकाको मृत्यु भएको आरोप लगाएको थियो। नोएडास्थित उक्त कम्पनीका ती उत्पादन जाँच गर्दा कमसल पाइएको हो।

    बुधबार उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार