काठमडौँ, २३ मंसिर । लुम्बिनी प्रदेश लोकसेवा आयोगले स्वास्थ्य सेवातर्फ ठूलो संख्यामा आवेदन खुलाएको छ । प्रदेश र स्थानीय तहतर्फ गरी
चौथो तहमा ३४८ पदमा आयोगले विज्ञापन खुलाएको हो ।
प्रदेशतर्फ स्वास्थ्य सहायकमा खुल्ला र समावेशी गरी १७ पदका लागि विज्ञापन गरिएको छ । त्यसैगरी अनमीका लागि १९ पदमा आवेदन खुलाइएको छ ।
रेडियोग्राफी सहायक २ जना र ७ जना ल्याब असिस्टेन्टका लागि आयोगले विज्ञापन गरेको छ ।
प्रदेशतर्फ आयोगले जम्मा ४५ पदका लागि विज्ञापन गरेको हो ।
आयोगले चौथो तहका पदमा ठूलो संख्यामा विज्ञापन खुलाएको छ । जसमा अहेबमा खुल्ला र समावेशी गरी १६१ पदका लागि विज्ञापन गरिएको छ । अनमी १३५ जना माग गरिएको छ । यसमा खुल्ला पदको संख्या मात्रै ७८ छ ।
खुल्ला र महिला गरी ल्याब असिस्टेन्ट ६ जना र आयुर्वेदतर्फ खुल्लामा १ जना बैद्यका लागि आवेदन खुलाइएको छ ।
स्थानीय तहमा ३०३ पदका लागि आयोगले विज्ञापन गरेको छ ।
हेरौँसूचनाः