सिके राउत विजयी
काठमाडौ, ७ मंसिर । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव सप्तरी क्षेत्र नम्बर २ बाट पराजित हुनुभएको छ ।
सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउत प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभयो ।
राउतले पूर्व स्वास्थ्यमन्त्री यादवलाई १८ हजार ६३ को मतान्तरले पराजित गर्नुभएको हो ।
विजयी राउतले ३५ हजार ४२ मत ल्याउनुभयो। निकटतम प्रतिस्पर्धी यादवले १६ हजार ९६३ मत ल्याउनुभएको छ ।
सप्तरी २ मा सत्ता गठबन्धनको समेत समर्थन रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४४ मत मात्र ल्याउन सफल हुनुभयो ।