• सोमबार, १५ भदौ २०८३
  • images

    भतभती पैताला पोल्छ ? यस्ता रोगका लक्षण पनि हुनसक्छ !

    भतभती पैताला पोल्छ ? यस्ता रोगका लक्षण पनि हुनसक्छ !

    हेल्दीखबर
    आइतबार, मंसिर ४ २०७९
    हेल्दीखबर
    आइतबार, मंसिर ४ २०७९
    भतभती पैताला पोल्छ ? यस्ता रोगका लक्षण पनि  हुनसक्छ !

     काठमाडौं, ४ मंसिर । कोही व्यक्तिलाई  पैतला भतभत पोल्ने समस्याले सताउँछ। धेरैले यस समस्यालाई गम्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् ।
    तर, यस्तो समस्या भएमा लापरबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि समस्या उत्पन्न गर्न सक्छ।

    यस्ता छन् पैतला पोल्नुका कारण

    शरीरमा भिटामिन ‘बी’,

    फोलिक एसिड वा क्याल्सियमको कमी हुँदा पैतला पोल्ने समस्या देखिन्छ।उच्च रक्तचाप भएकालाई पनि पैतला भतभताउने समस्या हुन्छ। रक्तचाप उच्च हुँदा रक्तसञ्चारमा समस्या हुन सक्छ। जसले गर्दा छालाका रङमा बदलाव, हातखुट्टाको तापमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्।मिर्गौलासम्बन्धी समस्या भएकाहरूका पनि पैतलामा जलन हुने गर्छ।
    थाइरोइड हर्मोनको लेभल कम हुँदा पनि पैतला पोल्छ। साथै, औषधिको साइडइफेक्ट हुँदा, एचआईभीको औषधि खाँदा र किमोथेरापी गर्नेहरूलाई पनि पैतलामा जलन हुन्छ।
    यस्ता छन् घरेलु उपचार:


    पैतलामा जलन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा मनतातो पानी हालेर त्यसमा आधा कप सिरे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डुबाउने।
    केही समयसम्म नियमित यस्तो गरिरहँदा समस्या हट्छ।मधुमेह, उच्च रक्तचापलगायत समस्या भएकाहरूले यो उपाय अपनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।


    शाकाहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दुग्ध पदार्थ नियमित खानुपर्छ। प्रोटिनयुक्त खानेकुरा खानुपर्छ। मांसाहारीहरूले अण्डा, माछा, चिकन, सी फुडबाट भिटामिन बी प्राप्त गर्न सक्छन् ।
    लौका काटेर त्यसको गुदी पैतलामा दल्नाले पनि राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्याक्टेरियल तत्वले पनि यस समस्याबाट छुटकारा दिलाउँछ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार