• सोमबार, १५ भदौ २०८३
  • images

    कुनै सरकारी सेवा नलिने स्वास्थ्य राज्य मन्त्रीको घोषणा

    कुनै सरकारी सेवा नलिने स्वास्थ्य राज्य मन्त्रीको घोषणा

    सोमबार, साउन १८ २०७८
    सोमबार, साउन १८ २०७८
    कुनै सरकारी सेवा  नलिने स्वास्थ्य राज्य मन्त्रीको घोषणा


    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीको हैसियतमा पाइने सुरक्षाकर्मी बाहेक कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गर्नु भएको छ । राज्यमन्त्री भएको १० दिन पछि आज पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गर्नुभएको हो ।
    मन्त्री श्रेष्ठलसरकारले दिने सुरक्षाकर्मी बाहेक तलब भत्ता, आवास सुविधालगायतका कुनै पनि सुविधा नलिन स्वास्थ्य मन्त्रालयसँग स्वार्थ बाँझिने कुनै पनि निकायमा आफ्नो आवद्धता नरहने पनि जानकारी दिनुभयो  । उहाँले मन्त्री भएपछि आफूले नेतृत्व गरेका स्वास्थ्य संस्थाहरुमा कानुनी रुपमा नै जिम्मेवारीबाट अलग भइसकेको समेत दावी गर्नुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार