• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

    पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

    हेल्दीखबर
    बिहीबार , कात्तिक १७ २०७९
    हेल्दीखबर
    बिहीबार , कात्तिक १७ २०७९
    पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार


    काठमाडौं,१७ कात्तिक । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ।
    गुजरावालाको अल्लाहवाला चोक नजिकै र्‍यालीमा उहाँमाथि गोली प्रहार भएको हो।
     घटनामा ४ जना घाइते भएका छन् । 
     पाकिस्तानी सञ्चार माध्यमका अनुसार गोली लागेर खान घाइते हुनुभएको छ । 
    उहाँलाई उपचारको लागि लाहोर लगिएको छ । 
    घाइते हुनेमा पाकिस्तान तहरीक ए इन्साफका  नेता फैसल जावेद पनि हुनुहुन्छ । 
    पाकिस्तान तहरीक ए इन्साफका महासचिव असद उमरका अनुसार खानलाई खुट्टामा गोली लागेको छ । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार