• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल पोलियोमुक्त भएपनि पोलियोको खतरा अझै कायम छ: स्वास्थ्य सचिव पोखरेल  

    नेपाल पोलियोमुक्त भएपनि पोलियोको खतरा अझै कायम छ: स्वास्थ्य सचिव पोखरेल  

    हेल्दीखबर
    मंगलबार, कात्तिक ८ २०७९
    हेल्दीखबर
    मंगलबार, कात्तिक ८ २०७९
    नेपाल पोलियोमुक्त भएपनि पोलियोको खतरा अझै कायम छ: स्वास्थ्य सचिव पोखरेल  

    काठमाडौं, ८ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका सचिव डा.रोशन पोखरेलले नेपाल पोलियोमुक्त भए पनि पोलियोको खतरा अझै रहेको बताएकाछन् ।  विश्व पोलियो दिवसका अवसरमा सचिव डा. पोखरेलले नेपाल पोलियोमुक्त भए पनि संसारबाट पोलियो उन्मुलन नभएसम्म पुनः संक्रमण फैलिनसक्ने जोखिम रहने उल्लेख गरे।

      अक्टोबर २४ मा संसारभर विविध जनचेतनामूलक कार्यक्रम गरी विश्व पोलियो दिवस मनाउने गरिन्छ  । यस वर्षको नारा ‘आमा र बालबालिकाहरूको लागि स्वस्थ भविष्य’ भन्ने नारा तय गरिएको छ । पोखरेलले पोलियोको चुनौतीलाई सामना गर्न सबैको प्रतिबद्धता र समन्वयको आवश्यकता अपरिहार्य रहेको बताउनुभयो । केही देशहरूमा पोलियो अझै पनि विद्यमान रहेको  छ । अन्तर्राष्ट्रिय आवत जावतले यो रोग सर्ने सम्भावना बढाएको छ । हालै संयुक्त अधिराज्य तथा संयुक्त राज्य अमेरिका जस्ता देशमा गरिएको वातावरणीय निगरानीले पोलियोका भाइरसहरू पानीमा भेटिएकोले पोलियो उन्मुलनका लागि चुनौती थपिएको छ । यस्तै अफ्रिका केही देशहरूमा पुनः सङ्क्रमण फेलन सक्ने सम्भावना देखिएको छ ।”

    खोपको कभरेज ९० प्रतिशतभन्दा बढी राख्न तिनै तहका सरकारहरूले खोप कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने डा. पोखरेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सबै शिशुहरूलाई सबै खोप (मुख तथा सुईबाट) समयमै दिनुका साथै पोलिको खोपको कभरेज वडा स्तरमा ९० प्रतिशतभन्दा बढी राख्नुपर्ने अवस्था रहेको छ । जसले आमा र बालबालिकाहरूका लागि स्वस्थ भविष्य निर्माण पार्न सघाउ पुग्छ ।”

    पोलियोमा नेपालको अवस्था:

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहका अनुसार नेपालमा सन् १९९८ देखि सन् २०१० सम्म ३२ जना पोलियोको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछिका वर्षहरूमा कुनै पनि पोलियोको सङ्क्रमण फेला परेको छैन ।

    नेपालको अन्तिम स्थानीय पोलियो केस सन् २००० मा ४ वटा केस फेला परेको थियो । सन् २००१ देखि सन् २००५ सम्म कुनै नयाँ केस देखा परेको थिएन । तर, सन् २००५ देखि सन् २०१०सम्म हरेक वर्ष ४ देखि ६ ओटाका दरले आयातित पोलियो केसहरू फेला परेका थिए ।

    अन्तिम पोलियो केस सन् २०१० मा भेटिएको थियो । लगातार चार वर्ष नयाँ केश नभेटिएपछि सन् २०१४ मा दक्षिण एसियाका अन्य मुलुकहरूसँगै नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गरियो ।

    विश्व स्वास्थ्य सङ्गठन र ग्लोबल पोलियो उन्मुलन को प्रयासले १९८८ मा तीन लाख ५० हजार पोलियो रोगीहरू देखिएका थिए भने सन् २०२२ मा ३३ जना पोलियाका केसहरू पुष्टि भएका छन् ।

    डा. सिंहले गोलियाविरुद्धको खोपले बालबालिकाहरूमा हुने मृत्यु र अपाङ्गताबाट बच्च मद्दत गर्ने हुँदा सबै अभिभावकलाई बालबालिकाहरूलाई पोलियोका साथै अन्य खोप लिन आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार