• बिहीबार , ५ कात्तिक २०८३
  • images

    शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था जटिल, आइसियुमा राखेर उपचार हुँदै

    शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था जटिल, आइसियुमा राखेर उपचार हुँदै

    हेल्दीखबर
    सोमबार, असोज २४ २०७९
    हेल्दीखबर
    सोमबार, असोज २४ २०७९
    शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था जटिल, आइसियुमा राखेर उपचार हुँदै


    काठमाडौ, २४ असोज ।  शताब्दी पुरुष सत्यमोहन जोशीलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको छ।
    स्वास्थ्यमा सुधार नभएपछि उहाँलाई आइसियुमा राखेर उपचार सुरु गरिएको हो। 

    मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उहाँलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको हो । किष्ट अस्पतालका अनुसार जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छैन भने अवस्था  चिन्ताजनक रहेको छ।

    images

    स्वास्थ्यमा समस्या आएपछि असोज ८ गते अस्पताल भर्ना गरिएको थियो। छातीमा निमोनिया संक्रमण भएकाले एन्टिबायोटिक समेत सुरु गरिएको छ। 

    उहाँको उपचारका लागि मेडिसिन विभागको नेतृत्वमा क्रिटिकल केयर, एनेस्थेसियोलोजी, पल्मोनोलोजी, कार्डियोलोजी, युरोलोजी, नेफ्रोलोजी लगायतका चिकित्सकहरु संलग्न रहेका छन्। 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार