• सोमबार, १५ भदौ २०८३
  • images

    मेडन फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि खाँदा ६६ बालबालिकाको मृत्यु

    मेडन फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि खाँदा ६६ बालबालिकाको मृत्यु

    हेल्दीखबर
    बिहीबार , असोज २० २०७९
    हेल्दीखबर
    बिहीबार , असोज २० २०७९
    मेडन फर्मास्युटिकल्सले उत्पादन गरेको औषधि खाँदा ६६ बालबालिकाको मृत्यु

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेकोऔषधिले ६६ जना बालबालिकाको मृत्यु भएको जनाएको छ। उक्त कम्पनीले उत्पादन गरेका औषधि बच्चालाई  प्रयोग नगर्न सुझाव दिएको छ ।  मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखका अनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप रुखा-खोकीको औषधि उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको दाबी गरेको छ ।

    गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो ।

     मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको छ, जसबाट मिर्गौलामा गम्भीर असर र ६६ बच्चाको मृत्युसँग सम्बन्धित छ । यो मृत्यु अत्यन्त दुःखदायी छ ।’

    डब्ल्यूएचओले अगाडि भनेको छ, ‘यी चार औषधि कफ र कोल्ड सिरप हुन्, जुन भारतमा मेडन फर्मास्युटिकल्स लिमिटेडले बनाउँछ । डब्ल्यूएचओले यसको जाँच गरिरहेको छ । यो दूषित उत्पादन हालसम्म गाम्बियामा मात्र पाइएको छ । तर अन्य देशहरुमा पनि वितरण भएको हुनसक्छ ।’

    डब्ल्यूएचओले सबै देशहरुलाई मेडन फर्मास्युटिकल्स कम्पनीका रुखाखोकीका औषधि प्रयोग नगर्न र जाँच गर्न पनि सुझाव दिएको छ ।

    डब्ल्यूएचओका अनुसार ती औषधिहरुमा डाइथिलिन ग्लाइकोल र एथिलिन ग्लोइकोलको मात्रा मिलेको छैन ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार