काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको सम्पूर्ण उपचार निःशुल्क भइरहेको छ । डेंगु संक्रमित जोशीलाई ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज ( किष्ट शिक्षण अस्पताल)ले भीआईपी शय्यामा राखेर निःशुल्क उपचार गरिरहको जानकारी दिएको छ।
किष्ट मेडिकल कलेजले शताब्दी पुरूष सत्यमोहन जोशीको सम्पूर्ण उपचार निःशुल्क रुपमा गरिएको जनाएको छ । संस्कृतिविद् जोशी राष्ट्र कै सम्पत्ति भएकाले अस्पतालले सम्पूर्ण उपचार र स्वास्थ्य सेवा निःशुल्क रुपमा प्रदान गर्दै आएको जानकारी दिएको छ।