• सोमबार, १५ भदौ २०८३
  • images

    नेपाल भित्रियो लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाषक औषधि 

    नेपाल भित्रियो लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाषक औषधि 

    हेल्दीखबर
    बिहीबार , असोज १३ २०७९
    हेल्दीखबर
    बिहीबार , असोज १३ २०७९
    नेपाल भित्रियो लामखुट्टेको लार्भा नष्ट गर्ने किटनाषक औषधि 

    काठमाडौँ, १३ असोज । रासायनिक हानीविना डेंगी फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल ल्याएको हो। नेपालमा औषधी ल्याएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा संकलन गरिएका लार्भामा प्रयोग गर्दा परीक्षण सफल भएको कम्पनीको दाबी छ।  १ लिटर पानीमा ३५ देखि ४० ग्राम बायोडाट एम मिलाए एक हेक्टर क्षेत्रफलमा ७ दशमलव ५ किलोग्राम छर्न सकिने कम्पनीले जानकारी दिएको छ। 
     अजय बायोटेक भारतका नेपाल प्रतिनिधि रुनाल तामाङले किटनाषक औषधि बारे जानकारी दिनुभयो।

    उहाँले विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिकाले मान्यता दिएको यो विषादी नेपालमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले आयात तथा प्रयोग अनुमति (लाइसेन्स) दिएको बताउनुभयो। 

    तामाङले यो विषादीले डेंगी फैलाउने लामखुट्टेको लार्भा र प्युपालाई नष्ट गर्ने बताउनुभयो ।

    त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक अच्युत अधिकारीले लार्भा भएको पानीमा यो औषधी हाल्दा लार्भाले त्यसलाई खाने र पचाउन खोज्दा एकप्रकारको टक्सीड निस्किएर लार्भा मर्ने  बताउनुभयो।

    विश्व स्वास्थ्य संगठनले किटजन्य वस्तु नष्ट गर्न अनुमती दिएका कारण यो प्रविधि सुरक्षित समेत रहेको अधिकारीको भनाइ छ। औषधी १५ दिनको फरकमा प्रयोग गर्न सकिने उत्पादक कम्पनीको दावी छ ।

    स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशकद्धय डा जिडी ठाकुर र डा बाबुराम मरासिनीले पनि नेपालमा ल्याउँदै गरेको विषादीको प्रभावबारेमा बोलेका थिए । डा ठाकुरले महामारीको रुप लिदै गएको डेंगी फैलाउने स्रोत नष्ठ गर्नका लागि यो विषादी प्रयोग गर्न उपयुक्त हुने बताउनुभयो।

    डा मरासिनीले फैलिरहेको डेंगी नियन्त्रणका लागि सम्वेदनशील नभएको आरोप लगाउनुभयो । उहाँले बायोडाट एम नामक यो विषादी सरकारले लिएर जोखिमयुक्त ठाँउमा छर्कनुपर्ने बताउनुभयो ।

    सफल स्वास्थ्य सेवा प्रालिले अहिलेको डेंगी प्रकोप निन्त्रणका लागि स्थानीय तहसंग समन्वय गरेर यो विषादी उपलव्ध गराउने तयारीमा लागेको बताएको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार