डा. पुन र डा. वस्ती विकास समिति अध्यक्षमा नियुक्त
काठमाडौँ, ९ असोज । सरकारले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवाअ रोग अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरेको छ। थापाथली अस्पतालको अध्यक्षमा डा. विदुर वस्ती र टेकु अस्पतालको अध्यक्षमा डा. चीन बहादुर पुनलाइ नियुक्त गरेको हो। डा. पुन यसअघि भरतपुरस्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक भइसक्नुभएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले डा विदुर वस्ती र डा. चीन बहादुर पुनलाइ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरको हो।
लामो समयदेखि दुबै अस्पतालमा विकास समिति अध्यक्ष खाली रहेको थियो ।