काठमाडौं । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि नर्सको व्यबस्था गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले जोशीको स्वास्थ्य हेरचाहको लागि नर्स खटाउने निर्णय गरेको हो। जोशी अस्वस्थ भएपछि केही दिनअघि मात्रै अस्पताल भर्ना हुनुभएको थियो। यसअघि जोशीलाई डेगु संक्रमण भएको थियो। अब जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने छ।