• शुक्रबार, ६ कात्तिक २०८३
  • images

    सँस्कृतिविद् सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    सँस्कृतिविद् सत्यमोहन जोशीलाई डेंगु संक्रमण

    हेल्दीखबर
    शनिबार, असोज ८ २०७९
    हेल्दीखबर
    शनिबार, असोज ८ २०७९
    सँस्कृतिविद् सत्यमोहन जोशीलाई डेंगु संक्रमण
    फाइल फोटाे

     काठमाडौं । सँस्कृतिविद् सत्यमोहन जोशीलाई डेंगु संक्रमण पुष्टि भएको छ । उहाँको किस्ट मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ।  शुक्रबार  जोशीलाई डेंगु संक्रमण पुष्टि भएको हो । जोशी केहीदिन देखि अस्वस्थ हुनुहुन्थ्यो । किस्ट अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यका अनुसार जोशीलाई खानामा अरुची हुने, निरन्तर कमजोर महसुस हुने जस्ता समस्या भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको हो । 
    डा.बज्राचार्यका अनुसार अस्पताल भर्नापछि विभिन्न परीक्षणका क्रममा डेंगु संक्रमण देखिएको हो ।  उहाँको पिसाबमा संक्रमण देखिएको छ । छाती तथा मुटुको पुरानो समस्या पनि छ । 

    जोशीलाई हाल अस्पतालको डिलक्स क्याविनमा राखिएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार