• सोमबार, २ कात्तिक २०८३
  • images

    सुविधा सम्पन्न आँखा अस्पताल संचालनमा

    सुविधा सम्पन्न आँखा अस्पताल संचालनमा

    हेल्दीखबर
    शुक्रबार, असोज ७ २०७९
    हेल्दीखबर
    शुक्रबार, असोज ७ २०७९
    सुविधा सम्पन्न आँखा अस्पताल संचालनमा

    धनुषा । धनुषाको ढल्केवरमा सुविधा सम्पन्न आँखा अस्पताल संचालनमा आएको छ । नवनिर्मित रेयुकाई एईको मसनागा आँखा अस्पतालको उद्घाटन शुक्रबार अमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडका अध्यक्ष स्टक हेमिल्टनले गर्नुभएको हो । 

    बनेपास्थित रेयुकाई एईको मसुनागा आँखा अस्पतालले शाखाको रूपमा ढल्केवरमा अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको हो । रेयुकाई एईको मसुनागा आँखा अस्पतालका अध्यक्ष मधु आचार्यलेअमेरिकन सामाजिक संस्था डुली इन्टर्मेडको आर्थिक सहयोगमा आँखा अस्पताल निर्माण गरिएको  बताउनुभयो । 

    images

    आँखा रोगका सबै उपचार यहीँबाट गर्न सकिने बताउँदै  आचार्यले आँखा उपचार गर्न चाहिने अत्याधुनिक उपकरण उपलब्ध रहेको जानकारी दिनुभयो । ढल्केवरमा आँखा अस्पताल सञ्चालनमा आएपछि धनुषा, महोत्तरीलगायत मधेश प्रदेश र भारतीय नागरिकले समेत सहज उपचार सेवा पाउने विश्वास गरिएको छ । 

    अस्पताल निर्माण कार्य सम्पन्न गरी गत फागुन महिनादेखि नै सेवा दिँदैआएको छ । अहिलेसम्म एक हजार ६६० जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया र सात हजारभन्दा बढीको आँखाका बिरामीको निःशुल्क उपचार गरिएको बनेपास्थित रेयुकाई एईको आँखा अस्पतालका महासचिव हिरामणि शर्माले बताउनुभयो । 

    आँखाका बिरामीलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको अस्पतालमा नेत्ररोग विशेषज्ञ टोलीद्वारा आँखाका उपचार सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो । तीन वर्ष अगाडि डोली इन्टर्मेड इन्टरनेशनल न्युयोर्कका अध्यक्ष स्टक हेमिल्टनले सो आँखा अस्पतालको शिलान्यास गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    थप समाचार