• सोमबार, १५ भदौ २०८३
  • images

    काठमाडौं महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्ने

    काठमाडौं महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्ने

    हेल्दीखबर
    बिहीबार , भदौ ३० २०७९
    हेल्दीखबर
    बिहीबार , भदौ ३० २०७९
    काठमाडौं महानगरले  सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ निषेध गर्ने

     काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा धुमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गर्ने भएको छ । महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनबाट सार्वजनिकस्थलमा धुमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारीरूपमा कार्यान्वयन गर्ने नीति पारित गरेको छ ।

    महानगरपालिकाले एक सूचना जारी गर्दै आउँदो असोज १ गतेबाट  महानगरका सार्वजनिकस्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नसा लिने वा सेवन गर्ने कार्य निषेध गरिएको जनाएको छ ।

    यसैगरी महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिकस्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने महानगरपालिका निर्देशक तथा सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार