• सोमबार, १५ भदौ २०८३
  • images

    ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

    हेल्दीखबर
    सोमबार, भदौ ६ २०७९
    हेल्दीखबर
    सोमबार, भदौ ६ २०७९
    ६५८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


    काठमाडौ । आज देशभर थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार छ हजार ६४३ परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको हो । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

    सोही अवधीमा थप ४५६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । 

    काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १८३, ललितपुरमा ४६ र भक्तपुरमा १३ जना गरी उपत्यकामा २४२ जना संक्रमित थपिएका छन् ।

    त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९६ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ४ हजार १३४ जना र संस्थागत आइसोलेसनमा १६२ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ५० जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार