काठमाडौं । नेपाल नर्सिङ काउन्सिलले काउन्सिल बाट सप्पन्न हुने सम्पूर्ण सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। सूचना जारी गर्दै काउन्सिलले अस्थायी प्रमाणपत्र वितरण लगाएतका काम अनिश्चितकालका लागि स्थगित गरेको हो। काउन्सिलले सेवा स्थगित गर्नुको कारण भने खुलाएको छैन।
काउन्सिलले विशेष कारणले अस्थायी प्रमाणपत्र वितरण, नाम दर्ता परीक्षामा उत्तिर्ण भएकाहरुलाई जारी गर्ने प्रमाणपत्रहरु नविकरण, प्रतिलिपि भेरिफिकेशनसम्बन्धी सेवाहरु साउन २२ देखि उपलब्ध गराउन नसकिने जनाएको छ।