• सोमबार, १५ भदौ २०८३
  • images

    ५१ संक्रमित आइसियु र भेन्टिलेटरमा 

    ५१ संक्रमित आइसियु र भेन्टिलेटरमा 

    हेल्दीखबर
    आइतबार, साउन २२ २०७९
    हेल्दीखबर
    आइतबार, साउन २२ २०७९
    ५१ संक्रमित आइसियु र भेन्टिलेटरमा 

    काठमाडौ ।  । हाल देशभर ५१ जना  कोरोना संक्रमित विभिन्न अस्पतालको आइसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८ जना आइसियुमा र तीन जना भेन्टिलेटरमा रहेका छन् । यस्तै होम आइसोलेशनमा पाँच हजार ५०७, संस्थागत आइसोलेसन १५२, आइसीयू ४५ र भेन्टिलेटरमा तीन जना संक्रमित रहेका छन्।

    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने तथा दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कास्की र मोरङ रहेका छन्। शून्य संक्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, कालिकोट र हुम्ला रहेका छन्। उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार १० र ललितपुर सात सय ७८ र भक्तपुरमा ९६ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

    देशभर पछिल्लो २४ घण्टामा पाँच सय ५३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। सो अवधिमा तीन हजार सात सय ८९ जनाको नमूना परीक्षण गरिएको थियो। दुई हजार ४० जनाले पिसीआर र एक हजार सात सय ४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
      

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार