२ जना संक्रमितको मृत्यु
काठमाडौँ,साउन १४ गते । गत चौविस घण्टामा शनिबार थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । यस्तै ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७ जना निको भएका छन् । यस्तै ३३ जना सङ्क्रमित आइसियुमा उपचार गराइरहेका छन् भने भेन्टिलेटरमा चारजना सङ्क्रमित उपचाररत छन् । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।