• सोमबार, १५ भदौ २०८३
  • images

    कक्षा १२ को परीक्षाअघि परीक्षार्थीलाई खोप दिन शिक्षा स्वास्थ समितिको सुझाव

    कक्षा १२ को परीक्षाअघि परीक्षार्थीलाई खोप दिन शिक्षा स्वास्थ समितिको सुझाव

    बुधबार, साउन १३ २०७८
    बुधबार, साउन १३ २०७८
    कक्षा १२ को परीक्षाअघि परीक्षार्थीलाई खोप दिन शिक्षा स्वास्थ समितिको सुझाव


    काठमाडौं । 
    संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । कक्षा १२ को परीक्षालगायतका विभिन्न विषयमा संसदीय समितिले आज शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले परीक्षा दिनुअघि कोरोना परीक्षण गर्न र कोरोना संक्रमण भई परीक्षा दिन नसक्ने भए दोस्रो चरणमा दिन पाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
    यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ । कक्षा १२ को परीक्षा विद्यार्थीहरुले वर्ष होम सेन्टरमै दिन पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार