काठमाडौ । नेपालमा चार महिनापछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५६ वर्षिया महिलाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँले ती महिलाको कोभिड निमोनिया भएर मृत्यु भएको जानकारी दिनुभयो । डा.अधिकारीले मृत्यु हुने महिलाले हालसम्म कोरोनाको कुनै खोप नलगाएको बताउनुभयो ।
यसअघि नेपालमा फागुन २७ गते एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो। त्यसपछि कोरोनाबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो। यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ।