काठमाडौ । आजदेखि स्वास्थ्यकर्मीहरुले सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब पाउनेछन् ।
नयाँ बजेट सार्वजनिक गर्दै सरकारले कर्मचारी तथा स्वास्थ्यकर्मीको तलब १५ प्रतिशतले वृद्धि गरेको थियो । नर्स,डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले हाल खाइपाई आएको रकममा १५ प्रतिशतले बढेको तलब पाउछन् ।
स्वास्थ्यकर्मीहरुको बढेको तलब अनुसार सचिवको ७२ हजार रुपैंया, सहसचिवको ५६ हजार ७८४रुपैंया, उपसचिवको ४८ हजार ७३७ रुपैंया, शाखा अधिकृतको ४३ हजार ६८९ रुपैंया कायम हुनेछ । यस्तै नायब सुब्बा (पाँचौ तह)को ३७ हजार ७३०रुपैंया, खरिदार (चौथो) तहको ३२ हजार ९ रुपैंया र तेस्रो तहको २७ हजार ६१२ रुपैंया तलब पाउनेछन् ।