• सोमबार, १५ भदौ २०८३
  • images

    स्वास्थ्यकर्मी/कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

    स्वास्थ्यकर्मी/कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि

    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    हेल्दीखबर
    आइतबार, जेठ १५ २०७९
    स्वास्थ्यकर्मी/कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि


    काठमाडौ । सरकारले कर्मचारी तथा स्वास्थ्यकर्मीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

    संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९ /८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गर्नुभएको हो । 

    उहाँले स्वास्थ्यकर्मी,सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गर्नुभएको हो । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  

    तलव बढेपछि मुख्यसचिवको ७७ हजार २११ रुपैंया, सचिवको ७२ हजार रुपैंया, सहसचिवको ५६ हजार ७८४रुपैंया, उपसचिवको ४८ हजार ७३७ रुपैंया, शाखा अधिकृतको ४३ हजार ६८९ रुपैंया कायम हुनेछ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार