संखुवासभा । मलामी लिएर गइरहेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको निधन भएको छ। खाँदबारी लेगुवा सडकखण्डको चैनपुर १० दुम्कटामा ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा अन्य ३१ जना घाइते भएका छन्। शुक्रबार दिउँसो मलामी लिएर पिलुवाखोला गइरहेको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो।
ट्याक्टर दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन। दुर्घटनाका घाइतेलाई तुम्लिङटारस्थित कामना अस्पताल र जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ। ट्याक्टरमा ४४ जना भन्दा बढी सवार थिए।