• सोमबार, १५ भदौ २०८३
  • images

    कारोनाको तेस्रो लहर आउनसक्ने भन्दै, अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    कारोनाको तेस्रो लहर आउनसक्ने भन्दै, अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    कारोनाको तेस्रो लहर आउनसक्ने भन्दै, अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन


    काठमाडौँ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोरोना भाइरस संक्रमणको तेस्रो लहरलाई ध्यान दिदै अतिरिक्त रुपमा भरिएका नौ हजार अक्सिजन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ .। 
    स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहर आउनसक्ने भन्दै संघ तथा प्रदेशलाई  निर्देशन दिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग तथा सातवटै प्रदेशलाई पत्र पठाउँदै विभागमा दुई हजार वटा र प्रदेशमा कम्तीमा एक हजार अक्सिजन सिलिण्डर अतिरिक्त रुपमा राख्न निर्देशन दिएको हो ।. 
    स्वास्थ्य मन्त्रालय गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले कोरोनाका दोस्रो लहरकोे सुरुवाती समयमा अक्सिजन व्यवस्थापन नहुँदा थप्रै संक्रमितको मृत्यु भएको भन्दै सम्बन्धित निकायलाई अक्सिजन तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले सम्भावित तेस्रो लहरमा अक्सिजनको कारणबाट कसैको मृत्यु नहोस् भन्ने उद्देस्यले अहिले देखिनै आकस्मिक प्रयोग गर्न अक्सिजन सिलिण्डर भररे राख्न निर्देशन दिएको बताउनुभएको छ ।
    मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखा प्रमुख डा  उपाध्यायले  हामीले संघ र प्रदेशमा क्रमश दुई हजार एक हजारका दरले अतिरिक्त अक्सिजन सिलिण्डर राख्न भनेको बताउनुभयो । त्यसबाहेक अक्सिजन प्लान्टह चुस्त बनाउन, अक्सिजन कलेक्सन गरेर राख्ने, प्लान्ट र लिक्विड टंयाक बिग्रिएको छ भने बनाउने, जडान बाँकी भए तत्काल काम गर्न पनि निर्देशन दिएको हो । मन्त्रालयले अहिलेको अवस्थामा सुधार नआए आगामी पाँच महिनामा एक लाख (३ हजार ८ सय ६ जना नयाँ संक्रमित थपिने सरकारको प्रक्षेपण गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार