• सोमबार, १५ भदौ २०८३
  • images

     दीर्घरोगका बिरामीको उपचारमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री खापुङको घोषणा

     दीर्घरोगका बिरामीको उपचारमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री खापुङको घोषणा

    हेल्दीखबर
    सोमबार, असार १३ २०७९
    हेल्दीखबर
    सोमबार, असार १३ २०७९
     दीर्घरोगका बिरामीको उपचारमा प्राथमिकता दिने स्वास्थ्य मन्त्री खापुङको घोषणा

     काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले दीर्घरोगका बिरामीको उपचारमा प्राथमिकता दिने बताउनुभएको छ।।  क्यान्सर, मुटु, मिर्गौला,दम जस्ता राेगहरुकाे उपचारमा विशेष प्राथमिकता दिने बताउनुभयो। स्वास्थ्य मन्त्री भएपछि पदबहाली गर्ने क्रममा उहाले आफ्नो प्राथमिकता दीर्घ रोगीको उपचार सेवा हुने बताउनुभयो। उहाँले 
    ग्लोबलफन्ट बाट आउने आर्थिक सहयोग नेपाल सरकारले ल्याउने गरि उक्त प्रस्ताव क्याविनेट पठाउने निर्णय सदर गर्नुभयो। 
    यसअघि नेपाल सरकार बाट सिधै आउने गरेकाे साे फन्ड हाल सेभद चिड्रेनबाट आउने गरेकाे छ। यस्तै मन्त्री खापुङले आफ्नो कार्यकालमा
    गाउँमा स्वास्थ्य शिविर लैजाने, ठुला राेगहरु   स्वास्थ्य मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवा चुस्त दुरुस्त बनाउने पहलकदमी लिने बताउनुभयो।  मन्त्री खापुङले गाउँका दूदराजका कतिपय ठाउँमा सामान्य रोगको पनि उपचार नपाएर, जानकारी नभएर वा रोग पत्ता नलागेका कारण र हस्पिटल जान नसकेका कारण मृत्यु हुने बिरामीलाई केन्द्रीत गरेर गाउँ क्षेत्रमा स्वास्थ्य शिविर लैजाने कुरा प्राथमिकतामा रहने पनि जानकारी दिनुभयो । त्यसैगरी, उनले केही डरलाग्दा रोगहरु क्यान्सर, मुटु रोग, मिर्गौला रोगका बिरामीहरुलाई सेवा पुर्याउने राज्यको साधन स्रोतले भ्याएसम्म सर्वसुलभ र सहज रुपमा ती रोगका बिरामीहरुको उपचार गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार