• शनिबार, ७ कात्तिक २०८३
  • images

    गुल्मीमा थप २० गतेसम्म निषेधाज्ञा

    गुल्मीमा थप २० गतेसम्म निषेधाज्ञा

    सोमबार, साउन ११ २०७८
    सोमबार, साउन ११ २०७८
    गुल्मीमा थप २० गतेसम्म निषेधाज्ञा

     
    काठमाडौँ ।
    गुल्मीमा साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दैनिक बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म संचालन गर्न पाउने भएका छन् ।
    सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी छोटो दुरीका यातयात सञ्चालन गर्न पाउने भएका छन् । निजी यातायात पनि सञ्चालन हुन पाउने भएता पनि यात्रु बोक्न भने प्रतिबन्ध गरिएको छ । शैक्षिक संस्था वैकल्पिक विधिबाट संचालन गर्ने बताइएको छ । बैंक तथा वित्तीय संस्था, सहकारी, बिमा कम्पनीहरु सञ्चालन गर्न पाउने भएका छन् । खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल खोल्न पाइने भएको छ ।
    अस्पताल, औषधि पसल २४  घण्टा नै खुला रहनेछन् । जिल्लामा कोभिडको दोस्रो लहरबाट ३७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । कोरोना संक्रमणका कारण जिल्लामा ९१ जनाको मृत्यु भइसकेको छ ।

     

    images

    प्रतिक्रिया दिनुहोस
    थप समाचार