• सोमबार, १५ भदौ २०८३
  • images

    आगो लगाएर महिलाको हत्या

    आगो लगाएर महिलाको हत्या

    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    हेल्दीखबर
    बुधबार, जेठ २५ २०७९
    आगो लगाएर महिलाको हत्या

    दार्चुला । दार्चुलामा आगो लगाएर महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका १ बारिलकी ४० वर्षीया अनिभा खडायतको आगो लगाएर हत्या भएको हो । उहाँ एकल महिला भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खरको लुटोमा आगो लगाएर महिलाको हत्या भएको छ ।  घटनाको अनुसन्धानको लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ ।डढेको अवस्थामा खडायतको शव मंगलबार राति  फेला परेको थियो । मृतकका २ छोरी र १ छोरा छन् । अनुसन्धानको लागि प्रहरीले गाउँकै बीरेन्द्र खडायत र तुला खडायतलाई पक्राउ गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार